धम्की नदिन कृष्णमूर्तिलाई पोखराका वडाध्यक्षको चेतावनी

पोखरा । कोटीहोम सञ्चालनका लागि पोखरा आएका विवादित धर्मगुरु विजय कृष्णमूर्ति उर्फ विजय भण्डारीलाई पोखराका वडाध्यक्षले धम्की नदिन चेतावनी दिएका छन् । पत्रकार सम्मेलन गरेर ‘धर्मका लागि अधर्म गर्न पनि तयार रहेको’ प्रतिक्रिया दिएका कृष्णमूर्तिलाई २६ नम्बर वडाका अध्यक्ष नरेन्द्र थापाले धार्मिक अराजकता नमच्चाउन चेतावनी दिएका हुन् ।
‘धर्म रक्षाका नाउँमा अधर्मी हुन तयार छु भन्ने कथित व्यक्तिबाट सिङ्गो महानगरलाई धम्की दिने कार्यलाई सह्य मान्न सकिँदैन । धर्मकै विनाश गरेर धर्मको रक्षा कसरी हुन्छ ?,’ उनले भने, ‘गेरु वस्त्र धारण गर्दैमा कोही धार्मिक र सर्वज्ञान प्राप्त हुँदैन । पोखरामा धर्मको नाउँमा धार्मिक अराजकता मच्चाउने कुरा कदापि स्विकार्य हुँदैन ।’
मंगलबार सामाजिक सञ्जालमा स्टाटस मार्फत थापाले जथाभावी रुख काटेर धर्म रक्षा नहुने बताए । ‘बर, पिपल र समीका बोटलाई त्रिदेवको रूपमा व्याख्या गरिएको छ । धार्मिक र वैज्ञानिक हिसाबले महत्त्व बोकेका बोटहरूलाई महायज्ञका नाममा ठुटो बनाइएकोमा हामी हिन्दु धर्मका अनुयायीहरूको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले अघि थपे, ‘त्रिदेवलाई नै काटेर कस्तो धर्मको रक्षा गर्न खोजिएको हो ? धर्म प्राकृतिक सम्पदाको रक्षाका लागि हुनु पर्ने हो तर पछिल्लो समय व्यापार र असुलीको माध्यम बनाइएको छ ।’
उनले पोखराको धार्मिक वातावरण नबिगार्न कृष्णमूर्तिलाई सुझाएका छन् । ‘कोटीहोमको मूल्य मान्यतालाई बिर्सिएर यसरी अराजकता प्रदर्शन गर्न धर्मका नाउँमा सुहाउने कुरा हैन,’ थापा भन्छन्, ‘यो स्थानीय सरकार हो । स्थानीय सरकारले धर्म, कलासंस्कृती, धार्मिक सम्पदा, मठ मन्दिर, चौतारा, ठाँटी पौवा, ताल, पोखरी कसरी संरक्षण गर्न पर्दछ भन्ने विषय कसैले सिकाइरहनु पर्दैन ।’ आफूहरू पुराना र ऐतिहासिक रुखहरू संरक्षणका लागि बजेट विनियोजन गरेरै काम गरिरहेको थापाले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण