कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक दिएर मुख्यमन्त्री लामा दुबई प्रस्थान
मङ्गलबार, २९ माघ २०८१, १८ : ०३

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा वैदेशिक भ्रमणका लागि दुबई प्रस्थान गरेका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक दिएर मुख्यमन्त्री लामा दुबई गएका हुन् ।
मुख्यमन्त्री लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोकेका छन् । मुख्यमन्त्री लामा फागुन ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री लामा दुबईमा आयोजना हुने विश्व गभर्मेन्ट समिट २०२५ सहभागी हुने कार्यक्रम रहेको छ । उक्त समिटमा मुख्यमन्त्री लामाले सेपिङ फ्युचारर्स गभरमेन्ट सेसनमा सहभागितासहित प्यानल छलफलमा भाग लिने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?