कर्णाली प्रदेश
कर्णाली प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने कर्णाली सरकारको निर्णय
बुधबार, ३० माघ २०८१, १७ : ४९

सुर्खेत । कर्णाली प्रदेश सरकारले जारी गरेको ‘प्रदेश निजामती सेवा ऐन’ संशोधन गर्ने निर्णय भएको छ । बुधबार बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले संशोधन गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले रातोपाटीलाई बताए ।
‘ऐनमा केही समस्या थिए । कर्मचारीहरूले पनि कुरा उठाउनुभयो,’ शाहले भने, ‘उहाँहरूको मागलाई मध्यनजर गर्दै संशोधन गर्ने निर्णय गरिएको हो ।’
असोज २९ गते उक्त ऐन जारी भएको हो ।
यसअघि कर्णाली प्रदेश हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ–सम्पादक