म्याग्दे गाउँपालिकामा हल गोरु पाल्ने कृषकलाई अनुदान

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झैँ यसवर्ष पनि हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था गरेको छ ।
चालु आवका लागि हल गोरु पाल्ने कृषकलाई अनुदान वितरण गर्न रु १० लाख विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
गोरु पाल्ने क्रम घट्दा बाँझो जग्गा बढेपछि कृषकलाई प्रोत्साहनका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको अधिकारीको भनाइ छ ।
हलगोरु पाल्ने किसानलाई प्रति हल बढीमा रु चार हजारसम्म अनुदान दिइने छ । अनुदान लिन कम्तीमा तीन वर्ष हल गोरु पाल्ने र आफैँ खेत जोत्ने प्रतिबद्धतापत्र, निवेदक र हल गोरुको फोटोसहित निवेदन दिनुपर्ने प्रावधान छ ।
भिमाद नगरपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत विभिन्न शीर्षकमा कृषकलाई अनुदान वितरण गर्ने तयारी गरेको छ । कृषकलाई कृषि सामग्री वितरणका लागि अनुदान दिइने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले जानकारी दिए । सबै कार्यक्रममा ५० प्रतिशतका दरले अनुदान उपलब्ध गराइने उनको भनाइ छ ।
टनेल खरिद तथा वितरणका लागि रु एक लाख, तरकारी टनेल निर्माणका लागि रु दुई लाख ५० हजार, टनेल तथा नेट वितरणका लागि रु तीन लाख ५० हजार र टनेल प्लास्टिक निर्माणका लागि रु एक लाख बजेट विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुल्योदेखि कांग्रेसमा सदस्यताको लफडासम्म
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल