रिलायन्स इन्टरनेशनल एकेडेमीको विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव सुरु
बिहीबार, ०१ फागुन २०८१, १० : ४१
काठमाडौँ । रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गत रहेको रिलायन्स इन्टरनेशनल एकेडेमी चाबहिलले विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव २०२५ आयोजना गरेको छ ।
आजदेखि सुरु भएको महोत्सव फागुन ३ गतेसम्म सञ्चालन हुने एकेडेमीले जनाएको छ ।
प्रदर्शनीमा विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यका विविध गतिविधिहरू समेटिएको जनाइएको छ ।
यो प्रदर्शनीमार्फत करिब ५००० विद्यार्थीहरू लाभान्वित हुने आयोजकहरूको अपेक्षा छ। विज्ञान, सूचना प्रविधि, कला, साहित्य र अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइ उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य भएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा ४९ स्टलहरू रहेका छन् । जसमा विज्ञान र सूचना प्रविधिसम्बन्धी खोज, अनुसन्धान तथा नवीनतम प्रविधिहरू समेटिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण