ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
बिहीबार, ०१ फागुन २०८१, १२ : ०४
ताइपेई । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार भएको उक्त विष्फोटमा अरु १० जना घाइते भएका छन् ।
ताइचुङ शहरको शिन कङ मित्सुकोशी डिपार्टमेन्ट स्टोरको १२ औं तलामा रहेको फूड कोर्टमा विस्फोट भएको अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।
घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् । आगो निभाउन दर्जनौँ अग्नि नियन्त्रकहरू खटिरहेका छन् । विष्फोटमा भवनको बाहिरी हिस्सा क्षतविक्षत भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण