‘दुखी आत्मा’ लाई मल्टिप्लेक्समा सुखद शोज
काठमाडौँ । शुक्रवारदेखि रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’ को बुकिङ खुल्ला भएको छ । यो फिल्मको देशका अधिकांश मल्टिप्लेक्सले बुकिङ खुलाएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएका फिल्मले मल्टिप्लेक्समा सुखद शोज पाएको छ ।
फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा २४ शोज दिएको छ । यस्तै, बीग मुभिजले ३ शोज, वान सिनेमाज् नयाँ बानेश्वरमा ५ शोज, कालीमाटीमा ४ शोज, एफक्यूब सिनेमाज्मा ५ शोज, आइएनआई नयाँ बानेश्वरमा ४ शोज मिलेको छ ।
काठमाडौँ बाहिर पनि यो फिल्मलाई सुखद शोज मिलेको छ । जसकाकारण फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । सामाजिक कथामा नयाँ नयाँ विषय पस्कन सफल मानिएका दीपेन्द्रको यो फिल्मले यौन समस्याका कारण एक पुरुषले भोग्ने विभिन्न तनावको कथालाई प्रस्तुत गरेको छ ।
हिमाल कडरियाको निर्माणमा सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई,आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण