‘दुखी आत्मा’ लाई मल्टिप्लेक्समा सुखद शोज

काठमाडौँ । शुक्रवारदेखि रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’ को बुकिङ खुल्ला भएको छ । यो फिल्मको देशका अधिकांश मल्टिप्लेक्सले बुकिङ खुलाएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएका फिल्मले मल्टिप्लेक्समा सुखद शोज पाएको छ ।
फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा २४ शोज दिएको छ । यस्तै, बीग मुभिजले ३ शोज, वान सिनेमाज् नयाँ बानेश्वरमा ५ शोज, कालीमाटीमा ४ शोज, एफक्यूब सिनेमाज्मा ५ शोज, आइएनआई नयाँ बानेश्वरमा ४ शोज मिलेको छ ।
काठमाडौँ बाहिर पनि यो फिल्मलाई सुखद शोज मिलेको छ । जसकाकारण फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । सामाजिक कथामा नयाँ नयाँ विषय पस्कन सफल मानिएका दीपेन्द्रको यो फिल्मले यौन समस्याका कारण एक पुरुषले भोग्ने विभिन्न तनावको कथालाई प्रस्तुत गरेको छ ।
हिमाल कडरियाको निर्माणमा सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई,आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?
-
बुलेट छाडेर ब्यालेटको बाटोमा विप्लव, ०८४ को चुनावमा होमिँदै
-
बढ्दो तनावका कारण भारत र पाकिस्तानमा झन्डै ५५० उडान रद्द
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन