तरुण दलले २९ फागुनसम्म पूर्णकालीन सदस्यता वितरण गरिसक्ने
बिहीबार, ०१ फागुन २०८१, १४ : २४

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलले २९ फागुनसम्म सङ्गठनको पूर्णकालीन सदस्यता वितरण गरिसक्ने निर्णय गरेको छ । बुधवार बसेको केन्द्रीय समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकले २९ फागुनसम्म सदस्यता वितरण गरिसक्ने निर्णय गरेको अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।
दलको अर्को बैठक चैत २ र ३ गते काठमाडौँमा बस्ने र त्यसले चैत मसान्तसम्म महाधिवेशन गरिसक्ने गरी कार्यतालिका सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशन निर्देशन समिति संयोजक कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय, कांग्रेस केन्द्रीय सदस्यद्वय सरिता प्रसाई र जितजंग बस्नेत पनि सहभागी थिए ।
कांग्रेसले केही समयअघि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल
-
नेपाली चलचित्रमा काम गर्ने बलिउड अभिनेत्री मनिषाको चाहना
-
१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो