तरुण दलले २९ फागुनसम्म पूर्णकालीन सदस्यता वितरण गरिसक्ने
बिहीबार, ०१ फागुन २०८१, १४ : २४
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलले २९ फागुनसम्म सङ्गठनको पूर्णकालीन सदस्यता वितरण गरिसक्ने निर्णय गरेको छ । बुधवार बसेको केन्द्रीय समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकले २९ फागुनसम्म सदस्यता वितरण गरिसक्ने निर्णय गरेको अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।
दलको अर्को बैठक चैत २ र ३ गते काठमाडौँमा बस्ने र त्यसले चैत मसान्तसम्म महाधिवेशन गरिसक्ने गरी कार्यतालिका सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशन निर्देशन समिति संयोजक कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय, कांग्रेस केन्द्रीय सदस्यद्वय सरिता प्रसाई र जितजंग बस्नेत पनि सहभागी थिए ।
कांग्रेसले केही समयअघि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण