एआईको प्रयोग आतंकवादीले गर्नेमा चिन्तित छन् गुगगका पूर्वसीईओ

क्यालिफोर्निया । एआईको उपयोगिता अनेक छ । तर, यसको प्रयोग निर्दोष मानिसलाई क्षति पु¥याउने नियतले प्रयोग हुने हो कि भन्ने चिन्ता पछिल्लो समय बढिरहेको छ ।
कृत्रिम बौद्धिकता (एआई) लाई आतंकवादीहरूले प्रयोग गर्ने हुन् कि भनेर अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन गुगलका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) एरिक स्मिट चिन्तित छन् ।
अधिकांश मान्छेले अहिले एआईबारे कुरा गरिरहेका छन् । यसबारे आफूलाई कुनै पीर नभएको तर, आफूले यसको चरम जोखिमबारे कुरा गरेको बीबीसीसँगको कुराकानीमा उनले भने ।
स्मिट २००१ देखि २०१७ सम्मा गुगलमा वरिष्ठ पदमा थिए । उत्तर कोरिया, इरान वा रुसले पनि एआईको दुरुपयोग गरेर जैविक हतियार बनाउन सक्ने उनले बीबीसीको टुडे कार्यक्रममा बताए ।
एआई मोडल बनाउन दौडिरहेका निजी क्षेत्रका प्रविधि कम्पनीहरूमाथि निगरानी गर्न पनि उनले सरकारलाई अनुरोध गरेका छन् ।
तर, चाहिनेभन्दा धेरै नियमनले नवप्रवर्तनलाई दबाउने चिन्ता पनि उनले व्यक्त गरे । शक्तिशाली माइक्रोचिपको निर्यातमा नियन्त्रण गर्ने अमेरिकी नीतिमा उनी सहमत देखिए ।
आफ्नो कार्यकाल सकिनुअघि अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनले १८ वटा देशमाथि यस्ता चिपको निर्यातमा बन्देज लगाएका थिए । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले चाहे यसलाई उल्ट्याउन सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा