एआईको प्रयोग आतंकवादीले गर्नेमा चिन्तित छन् गुगगका पूर्वसीईओ
क्यालिफोर्निया । एआईको उपयोगिता अनेक छ । तर, यसको प्रयोग निर्दोष मानिसलाई क्षति पु¥याउने नियतले प्रयोग हुने हो कि भन्ने चिन्ता पछिल्लो समय बढिरहेको छ ।
कृत्रिम बौद्धिकता (एआई) लाई आतंकवादीहरूले प्रयोग गर्ने हुन् कि भनेर अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन गुगलका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) एरिक स्मिट चिन्तित छन् ।
अधिकांश मान्छेले अहिले एआईबारे कुरा गरिरहेका छन् । यसबारे आफूलाई कुनै पीर नभएको तर, आफूले यसको चरम जोखिमबारे कुरा गरेको बीबीसीसँगको कुराकानीमा उनले भने ।
स्मिट २००१ देखि २०१७ सम्मा गुगलमा वरिष्ठ पदमा थिए । उत्तर कोरिया, इरान वा रुसले पनि एआईको दुरुपयोग गरेर जैविक हतियार बनाउन सक्ने उनले बीबीसीको टुडे कार्यक्रममा बताए ।
एआई मोडल बनाउन दौडिरहेका निजी क्षेत्रका प्रविधि कम्पनीहरूमाथि निगरानी गर्न पनि उनले सरकारलाई अनुरोध गरेका छन् ।
तर, चाहिनेभन्दा धेरै नियमनले नवप्रवर्तनलाई दबाउने चिन्ता पनि उनले व्यक्त गरे । शक्तिशाली माइक्रोचिपको निर्यातमा नियन्त्रण गर्ने अमेरिकी नीतिमा उनी सहमत देखिए ।
आफ्नो कार्यकाल सकिनुअघि अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनले १८ वटा देशमाथि यस्ता चिपको निर्यातमा बन्देज लगाएका थिए । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले चाहे यसलाई उल्ट्याउन सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण