ठमेलमा प्रहरी कुट्ने अखिल नेता अनुसन्धानको दायरामा आएनन्
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ ज्याठास्थित छाया सेन्टर अगाडी ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि माघ २४ मा मध्यराति आक्रमण भयो । नेकपा (एमाले)को भातृसंगठन अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी घटनास्थलको सिसिटिभी फुटेजमा आत्रमणकारीहरु सँगै देखिन्छन् ।
अमृत साइन्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव रमेश फुलारा र दिनेश सिग्देल पनि कुटपिटमा संलग्न थिए । ती दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तर, जोशी अहिलेसम्म प्रहरीको अनुसन्धानबाट बाहिर छन् ।
अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपालबहादुर शाही, क्याम्पस कमिटी सदस्य नवीन ऐर र शौजन्य शाहीलाई प्रहरीले फरार सूचीमा राखेको छ । अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई चाहिँ फरार सूचीमा पनि छैनन् । अनुसन्धान घेराबाट बाहिर छन् ।
घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’ मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीलाई जोशी नेतृत्वको टिमले आक्रमण गरेको थियो ।
ड्युटीमा खटिएको सिपाहीलाई आक्रमण गर्नेलाई पक्राउ गरेर कारबाही गर्न मन्त्रीले निर्देशन दिनुपर्ने अवस्था आउनु ‘दुर्भाग्य’ भएको प्रहरी अधिकृतहरू बताउँछन् । एक पूर्वडीआईजीले रातोपाटीसँग भने– ‘ड्युटीमा कुटाइ खाँदा सङ्गठनले आरोपीलाई कारबाही गर्न खुट्टा कमाउनु दुर्भाग्य हो, यस्ता घटनाले प्रहरीको मनोबल कमजोर बनाउँछ ।’
पक्राउ परेकाहरूलाई पनि प्रहरीले कमजोर मुद्दा चलाएको छ । प्रमुख जिल्ला अधिकारीले निर्णय गर्ने गरी उनीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ । अभद्र व्यवहार मुद्दाका प्रतिवादीहरु सामान्य धरौटीमा छुट्ने प्रचलन छ ।
आक्रमणमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताएका छन् । माघ २९ मा भद्रकालीस्थित परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए– ‘अनुसन्धान गर्दै जाँदा दोषी देखिनेहरू कानुनी दायरामा आउँछन् ।’
त्यसअघि अधिकारीले आक्रमण गर्नेमा जोशीको संलग्नता नभएको बताएका थिए । रातोपाटीसँग उनले भनेका थिए, ‘प्रहरीमाथि आक्रमण गर्दा उनले रोकेको सीसीटिभी फुटेजमा देखिएको छ, त्यसैले प्रतिवादी बनाउनुपर्ने अवस्था छैन ।’
आरोपीहरूले दुई जना प्रहरीले आफूहरूमाथि मुख छाडेपछि आक्रमण गरेको जिकिर गरेका छन् । तर, जवान र हवलदारले चाहिँ सडकमा हल्ला गरेपछि सम्झाउँदा उल्टै आफूहरूमाथि आक्रमण गरेको बताएका छन् । हवल्दार घर्तीको टाउको र छातीमा चोट लागेको छ । जवान विष्टको आँखामा चोट लागेको छ ।
आँखै अगाडि साथी गुमाउनेलाई ज्यान मुद्दा
माघ २७ मा चाबहिलमा सञ्चालित दोहोरी साँझ र डान्सबारबाट निस्कनेहरूको मोबाइल चोर्ने र सो मोबाइल लुट्न खोज्ने समूहबिच झडप भयो । बिहानीपख डान्सबारबाट निस्केकाहरूको एउटा मोबाइल ३ जना मिलेर चोरे । मोबाइल चोरी गर्नेमा सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर बस्ने २० वर्षीय विशाल तामाङ र झापा घर भएर गोकर्णेश्वर बस्ने क्षितिज कार्की संलग्न थिए । चोरीमा संलग्न अर्का एक जना फरार छन् ।
उनीहरूले मोबाइल चोरेको युनिक लामा भन्ने नुर्बु शेर्पा र काभ्रे घर भएका अमृत भन्ने सङ्घर्ष कार्कीले देखे । त्यसपछि उनीहरूले चोरीको मोबाइल लुट्ने योजना बनाएर अरू ३ जनालाई पछ्याए । काठमाडौँ महानगरपालिका–७ स्थित कुमारीगालमा पुगेपछि उनीहरूको बिचमा झडप भयो । झडप हुँदा क्षितिज कार्कीले छुरा प्रहार गरेर काभ्रेको धुलिखेल घर भएर गोकर्णेश्वर बस्ने २३ वर्षीय अमृत कार्की ‘सङ्घर्ष’ को हत्या गरे ।
अमृतको समूहका हुन् नुर्बु । दोलखा घर भएर कपन बस्दै आएका २२ वर्षीय नुुर्बु शेर्पाले आफ्नै अगाडि अमृतलाई गुमाए । क्षितिले चक्कु प्रहार गरेर अमृतलाई ढालेपछि नुर्बुले प्रतिकार गरे । तर, प्रहरीले नुर्बुलाई पनि पक्राउ गरेर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
माघ २९ मा भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा प्रहरीले पत्रकार सम्मेलन गरेर नुर्बुलाई पनि सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्, ‘नुर्बु अमृत समूहका हुन्, हुलमुलमा पक्राउ परेका हुन् ।’ हत्यामा संलग्न २० वर्षीय विशाल तामाङ र क्षितिज कार्कीलाई पक्राउ परेका छन् । अर्का एक जना हत्या आरोपी फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण