एउटा समूहले चोरेको मोबाइल अर्को समूहले लुट्न खोज्दा युवकको हत्या
काठमाडौँ । चाबहिलमा सञ्चालित दोहोरी साँझ र डान्सबारबाट निस्कनेहरूको निगरानीमा थिए ३ जना युवक । माघ २७ मा बिहान ३ जनाले डान्सबारबाट निस्केकाहरूको एउटा मोबाइल चोरे । मोबाइल चोरी गर्नेमा सिन्धुपाल्चोक घर भएर गोकर्णेश्वर बस्ने २० वर्षीय विशाल तामाङ र झापा घर भएर गोकर्णेश्वर बस्ने क्षितिज कार्की संलग्न थिए । चोरीमा संलग्न अर्का एक जना फरार छन् ।
उनीहरूले मोबाइल चोरेको युनिक लामा भन्ने नुर्बु शेर्पा र काभ्रे घर भएका अमृत भन्ने सङ्घर्ष कार्कीले देख्छन् । त्यसपछि उनीहरूले चोरीको मोबाइल लुट्ने योजना बनाएर ३ जनालाई पछ्याए । चाबहिलबाट पछ्याउँदै काठमाडौँ महानगरपालिका–७ स्थित कुमारीगालमा पुगेपछि उनीहरूको बिचमा झडप भयो । झडप हुँदा क्षितिज कार्कीले छुरा प्रहार गरेर काभ्रेको धुलिखेल घर भएर गोकर्णेश्वर बस्ने २३ वर्षीय अमृत कार्की ‘सङ्घर्ष’को हत्या गरेर जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
हत्यामा संलग्न आरोपमा प्रहरीले दोलखा घर भएर कपन बस्दै आएका २२ वर्षीय नुर्बु शेर्पा, २० वर्षीय विशाल तामाङ र क्षितिज कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनाल नेतृत्वको टिमले हत्या भएको केही घण्टामा नै आरोपीहरूलाई पक्राउ गर्न सफल भएको थियो ।
हत्यामा संलग्न क्षितिज कार्की घाइते भएका थिए । उपचारपछि डिस्चार्ज एका कार्की र अन्य आरोपीहरू विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । हत्यामा प्रयोग भएको छुरा प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण