खतराको डर देखाउँदै भारतले दलाई लामालाई दियो ३३ सुरक्षाकर्मी
भारतको गृह मन्त्रालयले तिब्बती धर्मगुरु दलाई लामालाई जेड श्रेणीको सुरक्षा दिएको छ । आईबी (भारतको खुफिया विभाग) ले दलाई लामालाई खतराको डर देखाउँदै प्रतिवेदन दिएपछि त्यहाँको गृह मन्त्रालयले यो निर्णय गरेको हो।
जेड सेक्युरिटीअन्तर्गत दलाई लामाले हिमाञ्चल प्रदेशको धर्मशालास्थित उनको निवासमा तैनाथ सशस्त्र गार्डहरूले चौबीसै घण्टा सुरक्षा दिनेछन्। निजी सुरक्षा अधिकारीहरू र पालीहरूमा सशस्त्र एस्कर्ट कमान्डोहरूसहित कुल ३३ सुरक्षाकर्मीहरू हुनेछन्।
यसबाहेक तालिमप्राप्त चालक र अनुगमनकर्ताहरू सधैँ ड्युटीमा रहने भएका छन् ।
८९ वर्षीय तिब्बती आध्यात्मिक नेता लामाका बौद्ध अनुयायीहरूले उनलाई निकै सम्मान गर्ने गर्छन् । सन् १९८९ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनी सन् १९५९ मा तिब्बतबाट भागेर भारतमा बस्दै आएका छन् । उनी ल्हासाबाट पैदल हिमालय पार गरेर भारत पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण