राजनीति
नयाँ शक्तिको निर्वाचित कार्यसमितिको शपथ ग्रहणमा होहल्ला
बिहीबार, ०१ फागुन २०८१, १८ : ५३
काठमाडौँ । आफूलाई वैकल्पिक शक्ति दाबी गर्दै आएको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम होहल्ला भएको छ ।
माघ २७ गतेदेखि सुरु भएको प्रथम महाधिवेशन नयाँ नेतृत्व चयन गरी २९ गते टुङ्गिनुपर्ने थियो । तर दुई दिन ढिलो गरी बिहीबार प्रज्ञा भवन कमलादीमा निर्वाचन समितिले निर्वाचित पदाधिकारीहरूको मात्र नाम पढेर सुनाएका थिए । बाँकी केन्द्रीय सदस्यहरूको नाम रुजु गर्न बाँकी रहेको भन्दै पछि सार्वजनिक गर्ने बताएका थिए ।
त्यसपछि नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण गराउन अध्यक्ष डा. बाबुराम भट्टराई मञ्चमा पुगेका थिए । तर उपस्थित नेताहरूले होहल्ला गर्दै निर्वाचित सबैको नाम पढ्न दबाब दिइरहेका देखिन्थे । भट्टराईले पछि मिलाउँला अहिले शान्तसँग बस्न आग्रह गरेका थिए । त्यसपछि होहल्लाकै बिचमा उनले शपथ ग्रहण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण