इजरायलको चेतावनीपछि हमासले बन्धकहरूको रिहाइ जारी राख्ने
बिहीबार, ०१ फागुन २०८१, २० : ४५
तेल अभिभ । इजरायलसँग गाजामा भएको युद्धविराम सम्झौता कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको र समयमै बन्धकहरूलाई रिहा गर्ने हमासले बताएको छ ।
कायरोमा भएको वार्तापछि हमासले इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले अवरोधहरू हटाउने पुष्टि गरेको बताएको छ । यद्यपि, यस सम्बन्धमा इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । तर इजिप्ट र कतारका सञ्चार माध्यमहरूमा मध्यस्थकर्ताहरूले दुई पक्षबिचको मतभेद कम गरेको र दुवै सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
हमासले शनिबारसम्ममा बन्धकहरूलाई फिर्ता नगरे युद्धविराम समाप्त हुने चेतावनी मंगलबार, इजरायलले दिएको थियो । यसअघि हमासले इजरायली उल्लङ्घनका कारण रिहाइमा अवरोध गरिरहेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण