मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका आरोपी राणा भारत सुपुर्दगी गरिने
वासिङ्टनमा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा द्विपक्षीय वार्ता भएको छ ।
वार्तापछि दुई नेताले संयुक्त पत्रकार सम्मेलन गरेका छन्। सो अवसरमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरे।
त्यस्तै प्रधानमन्त्री मोदीले भने, ‘भारत र अमेरिकाको एकता र सहयोगले राम्रो संसारलाई आकार दिन सक्छ भन्नेमा हामी विश्वास गर्छौं । भारत र अमेरिका बिचको साझेदारीले लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यता र प्रणालीहरूलाई बलियो बनाउँछ। हामी इन्डो-प्यासिफिकमा शान्ति, स्थिरता र समृद्धि बढाउन सँगै काम गर्नेछौँ।’
प्रधानमन्त्री मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको जिकिर गरे । उनले भने, ‘भारत र अमेरिका आतंकवाद विरुद्धको लडाइँमा दृढतापूर्वक एकसाथ उभिएका छन्। सीमापार आतंकवाद उन्मूलन गर्न ठोस कारबाही आवश्यक रहेकोमा हामी सहमत छौँ ।’
‘भारतसँग अमेरिकाको व्यापार घाटा लगभग १०० अर्ब डलर छ,’ ट्रम्पले भने, ’मोदी र म पारस्परिक व्यापारलाई सुदृढ पार्न र अमेरिकीहरूका लागि यसलाई अझ 'निष्पक्ष' बनाउन छलफल सुरु गर्नेछौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण