आईपीएलको पहिलो खेलमा कोलकाता र बैंगलोर भिड्ने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं सिजन मार्च २२ बाट सुरु हुँदैछ। उद्घाटन र अन्तिम खेलहरू डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) को घरेलु मैदान इडेन गार्डेनमा खेलाइनेछ।
पहिलो खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को सामना गर्नेछ। क्रिकबजको रिपोर्ट अनुसार, आईपीएलको पूर्ण तालिका १ वा २ दिनमा जारी हुन सक्छ।
फ्रेन्चाइज टोलीहरूलाई महत्त्वपूर्ण खेलहरूको बारेमा जानकारी गराइएको छ। २०२४ को फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाताले उपाधि जितेको थियो। यस पटक हैदराबादमा २ प्लेअफ खेलहरू खेलाइनेछ।
१७ औं सिजनको उपविजेता हैदराबादले पनि आफ्नो घरेलु मैदान उप्पलबाट आफ्नो अभियान सुरु गर्नेछ। टोलीले मार्च २३ मा राजस्थान रोयल्सको सामना गर्नेछ । गत सिजनको क्वालिफायर-२ मा पनि दुवै टोली भिडेका थिए। खेल जित्दै हैदराबाद फाइनलमा प्रवेश गरेको थियो ।
उद्घाटन र फाइनल खेल डिफेन्डिङ च्याम्पियन टोली कोलकाताको घरेलु मैदानमा खेलाइनेछ। यस पटक पनि दुवै महत्वपूर्ण खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा हुनेछन्। फाइनल खेल मे २५ मा खेलिनेछ। क्वालिफायर-२ पनि कोलकातामा हुनेछ। क्वालिफायर-१ र एलिमिनेटर अघिल्लो उपविजेता हैदराबादको घरेलु मैदान हैदराबादमा खेलाइनेछ।
१० टोलीको घरेलु मैदान बाहेक, गुवाहाटी र धर्मशालामा पनि खेलहरू खेलाइनेछ। गुवाहाटी राजस्थान रोयल्सको दोस्रो घरेलु मैदान हो, टोलीले यहाँ २ खेल खेल्नेछ। टोलीले यहाँ मार्च २६ मा कोलकाता र मार्च ३० मा चेन्नईसँग प्रतिस्पर्धा गर्नेछ।
धर्मशाला पञ्जाब किंग्सको दोस्रो घरेलु मैदान हो। टोलीले यहाँ ३ खेल खेल्नेछ।
१० टोलीका बाँकी घरेलु मैदानहरू अहमदाबाद, मुम्बई, चेन्नई, बेंगलुरु, लखनऊ, मुल्लानपुर, दिल्ली, जयपुर, कोलकाता र हैदराबाद हुन्। सिजनका बाँकी खेलहरू यहाँ खेलिनेछन्। प्रतियोगितामा १० टोलीबिच कुल ७४ खेल खेलाइनेछ।
आईपीएल भारतको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। यो हरेक वर्ष मार्च देखि मे महिनामा टी-२० ढाँचामा खेलिन्छ। यो सन्२००८ मा ८ टोलीबाट सुरु भएको थियो। फाइनलमा चेन्नईलाई हराउँदै राजस्थानले पहिलो सिजनको उपाधि जितेको थियो।
सन् २०२२ मा प्रतियोगिता १० टोलीबाट सुरु भएको थियो, त्यसबेलादेखि लगातार १० टोलीले भाग लिएका छन्। चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले सबैभन्दा धेरै ५-५ पटक उपाधि जितेका छन्।
कोलकाता प्रतियोगिताको तेस्रो सबैभन्दा सफल टोली हो, जसले ३ उपाधि जितेको छ। दिल्ली, बेङ्गलुरु, पञ्जाब र लखनउले अहिलेसम्म एउटा पनि उपाधि जितेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026