केएमसीमा कोरियन विश्वविद्यालयहरूसँगको सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न
काठमाडौँ । काठमाडौं मोडेल कलेज (केएमसी) मा कोरियन विश्वविद्यालयहरूसँगको सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमले काठमाडौं मोडेल कलेज र कोरियाका १९ वटा विश्वविद्यालयकाविच शैक्षिक सहकार्य तथा सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउदै विद्यार्थीलाई विश्वका प्रतिष्ठित विश्वविद्यालयका उत्तम अभ्यासहरु आदानप्रदान गर्न सहयोग पुगेको केएमसीको दाबी छ ।
फागुन १ गते आयोजित कार्यक्रममा कार्यकारी निर्देशक सह प्राध्यापक अजय प्रसाद ढकाल, कलेज प्रमुख सुरेन्द्र सुवेदी तथा कोरियन प्रतिनिधिहरूबाट पानसमा दीप प्रज्वलन गरी औपचारिक रुपमा सुरुवात भएको थियो ।
कार्यक्रममा कलेज प्रमुख सुरेन्द्र सुवेदीले स्वागत मन्तव्य दिँदै यस्तो प्रकारका आदानप्रदान कार्यक्रमहरूले अन्तर्राष्ट्रिय शिक्षा अनुभवलाई समृद्ध बनाउने उल्लेख गरे।
यसैगरी नम्बु विश्वविद्यालयका प्राध्यापकले नेपाल-कोरिया शैक्षिक साझेदारी र सांस्कृतिक सम्बन्धबारे आफ्नो विचार प्रस्तुत गरे। काठमाडौं मोडेल कलेजका तर्फबाट बेबिका अधिकारी र रोबिन्सन भण्डारीले कलेजको शैक्षिक कार्यक्रम तथा विद्यार्थी अनुभवबारे जानकारी गराए। त्यस्तै, कोरियन विद्यार्थी हीजु ओहले अन्तर्राष्ट्रिय अनुभवले व्यक्तिगत तथा व्यावसायिक जीवनमा पार्ने प्रभावबारे आफ्ना धारणा व्यक्त गरिन्।
कार्यक्रमलाई अझ रमाइलो बनाउन नेपाली तथा कोरियन विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए ।
कोरियाली टोली प्रमुखले काठमाडौं मोडेल कलेजका विद्यार्थीहरूले पनि छिट्टै कोरियाका यूनिभर्सिटीहरुको भ्रमणको तयारी भइरहेको जानकारी गराउँदै नेपाल-कोरिया शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन पहल भइरहेको बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण