टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ शुभ मुहूर्त, को-को छन् कलाकार ?
काठमाडौं। गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन' को शुभ मुहर्त सम्पन्न भएको छ।
शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै चलचित्रको मुहर्त गरिएको हो। सरोज खनालले क्ल्याप, युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए भने बाल गायक तथा कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहर्त शर्ट दिएका थिए। चलचित्रको आजबाट नै छायांकन सुरुवात गरिएको छ।
आफ्नो हिट गीत ‘मन बिनाको धन’ शीर्षकमा बन्ने चलचित्रमा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन् । चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहनेछ ।
चलचित्रको कथा निर्माता निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ। चलचित्रको निर्माता बिष्णु माया मैनाली र सह निर्माता जीपी संग्रौला,लक्ष्मी गिरि,विवेक नेपाल विजया पाण्डे हुन् भने मिनु शर्मा (सपना) कार्यकारी निर्मातामा रहेका छन्।
चलचित्रमा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराजको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण