निजामती कर्मचारी संगठनको मतदान ११ बजेपछि
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचनबाट चुन्ने प्रक्रिया अघि बढाइएको छ ।
एमाले निकट सो संगठनको बुधबार सुरु भएको १२ औँ महाधिवेशन अन्र्तगत निर्वाचन आयोगले शुक्रबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
आयोग अध्यक्ष बाबुराम थापाले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार शुक्रबार राति ११ बजेपछि मतदान सुरु हुने छ ।
सार्वजनिक निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दिने समय ३ देखि ५ बजेसम्म तोकिएको छ । त्यस्तै उम्मेदवारको पहिलो नामावली प्रकाशन साँझ ६ देखि ७ र उजुरी दिने समय ७ देखि साढे सात रहेको छ । त्यस्तै उम्मेदवारी फिर्ता लिने समय साढे सातदेखि राति १० बजेसम्म रहेको छ ।
संगठनको नेतृत्वका लागि हालका उपाध्यक्षहरू रेमन्त गौतम र भवानी दाहाल न्यौपानेको टिमबिच प्रतिस्पर्धा हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण