कांग्रेसमा वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने तयारी
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सघाएका नेताहरूसँग यसबारे राय मागेका हुन् ।
शुक्रबार बिहान देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा देउवाले आफ्नो समूहका नेताहरूसँग एक वर्ष कार्यसमितिको म्याद थपेर पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने विषयमा छलफल गरेका छन् । नेता कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, डा.प्रकाशशरण महत र एनपी साउद सहभागी बैठकमा पार्टीलाई एकढिक्का बनाएर कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको प्रवक्ता डा. महतले जानकारी दिए । ‘पार्टीलाई एकढिक्का बनाएर कसरी अगाडि बढाउने ? अहिले नै म सभापतिको उम्मेदवार हुँ, मलाई सभापतिलगायत नेताको समर्थन छ भनेर नहिँड्ने सबैलाई समेटेर कसरी महाधिवेशन गर्न सकिन्छ भन्ने विषयमा कुराकानी भयो,’ प्रवक्ता डा. महतले रातोपार्टीसँग भने ।
प्रवक्ता महतले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने विषयमा पनि कुराकानी भएको बताए । ‘सामान्यतया कांग्रेसको कार्यसमितिको म्याद एक वर्ष थप गरिँदै आएको छ । हामी सहभागी वर्तमान कार्यसमितिको म्याद आगामी मंसिरमा सकिँदैछ । मंसिरमा अहिलेसम्म कुनै प्रक्रिया सुरु नभएकाले महाधिवेशन हुने सम्भावना कम हुन्छ । तसर्थ एक वर्ष थप्नेबारे पनि कुराकानी भयो,’ प्रवक्ता महतले भने ।
उनले बैठकमा पार्टीको आन्तरिक जीवन र महाधिवेशनबारे मात्रै कुराकानी भएको बताए पनि बैठकमा सहभागी अर्का एक नेताले अध्यादेशबारे समेत कुराकानी भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण