अध्यादेशबारे एकीकृत समाजवादीले भन्यो– कांग्रेससँग छलफल गर्न सकिन्छ
काठमाडौँ । नेपाली कांग्रेसले अध्यादेशमा नेकपा (एकीकृत समाजवादी)सँग सहयोग माग्न गरेको निर्णयलाई सो पार्टीले स्वाभाविक रूपमा लिएको जनाएको छ । सरकारले ल्याएको अध्यादेशप्रति सत्तारुढ दल लोसपा र सरकारको समर्थन गरेको जसपा नेपाल सकारात्मक नभएपछि सत्तारुढ दल ‘ट्र्याक टु’ अन्तर्गत अन्य दलसँग छलफल गर्ने निर्णयमा पुगेका हुन् ।
सोही अनुसार शुक्रवार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा कांग्रेसका केही नेताहरूबिच भएको छलफलमा संसदबाट अध्यादेश स्वीकृत गर्न आवश्यक बहुमत पुर्याउन पहल गर्ने र त्यसक्रममा एकीकृत समाजवादीसँग छलफल गर्ने निचोडमा कांग्रेस पुगेको हो ।
‘हामीसँग सहयोग माग्नुपर्छ भन्ने कांग्रेसको धारणा हुनु स्वाभाविक हो । कुरा गर्न पनि सकिन्छ । तर त्यसबारे कांग्रेसले औपचारिक प्रस्ताव ल्याएको छैन’, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले रातोपाटीसँग भने, ‘औपचारिक रूपमा कुराकानी भयो भने त्यसबेला नै थप कुरा होला ।’
नेता पाण्डेले अध्यादेशबारे आफ्नो पार्टीले अस्वीकारको सूचना समेत दर्ता गराएको भन्दै अध्यादेशमा धेरै कुरा बेठिक पनि रहेको बताए ।
उनले सत्तापक्षले अध्यादेश संशोधन गर्ने प्रतिबद्धता जनाए सहयोग गर्न सकिने संकेत पनि गरे । ‘सत्ता साझेदारीको आशा गरेर बेठिक कुराको साथमा त जान सकिन्न होला । कांग्रेसले निर्णय गर्यो भने आउला नि त’, पाण्डेले भने, ‘बच्चा नजन्मिँदै भोटो सिउने जस्तो मात्र हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण