जनमत पार्टीद्वारा आँखा शिविर आयोजना
पर्सा । जनमत पार्टी पर्साको लोककल्याणकारी अभियानअन्तर्गत चलिरहेको २१ औं निःशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । जनमत पार्टी पर्साले अभियानकै रुपमा गत पुस २१ गतेदेखि आँखा शिविर सञ्चालन गर्दै आएको हो ।
शुक्रवार २१ औँ शिविर सम्पन्न भएको छ । सो शिविर कालिकामाई गाउँपालिका वडा नम्बर–३, धोबिनी गाउँपालिका वडा नम्बर–२ र वीरगन्ज वडा नम्बर–२२ मा गरि तीन ठाउँमा सञ्चालन भएको थियो ।
यी तीनवटा शिविरमा ३१५ जना लाभान्वित भएको जनमत पार्टी केन्द्रीय सदस्य ओमप्रकाश सराफले बताए । सो शिविरमा १०३ जनामा मोतियाबिन्दु भेटिएको उनले जानकारी गराए ।
मोतियाबिन्दु भएकाहरुको शल्यक्रिया वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क रुपमा हुने बताइएको छ । यो अभियानबाट हालसम्म दुई हजार ५७५ भन्दा बढी जनसमुदाय लाभान्वित भएका छन् भने ६०४ भन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको नेता सरार्फले बताए । यो अभियान अझै जारी रहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण