एचपीभी खोपसम्बन्धी भ्रामक सूचनाप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सञ्जालबाट एचपीभी खोपसम्बन्धी भ्रामक सूचना तथा गलत तथ्य फैलाइएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म एचपीभी खोप अभियान जारी राखेको छ । अभियानका क्रममा एचपीभी खोपसम्बन्धी भ्रामक फैलाएको भन्दै मन्त्रालयले ध्यानाकर्षण गराएको हो ।
विश्वमा एचपीभी खोप सन् २००६ देखि प्रयोगमा आउन थालेको र हाल १४५ देशहरूले राष्ट्रिय खोप तालिकामा समावेश गरिसकेका छन् । नेपाल सरकारले पनि विज्ञहरू सहितको खोप सल्लाहकार समितिको सिफारिसमा यस खोपलाई अभियानका रूपमा प्रयोगमा ल्याएको जानकारी गराएको छ ।
साथै विश्व स्वास्थ्य संगठनद्वारा प्रमाणित यो खोप गुणस्तरीय, सुरक्षित र प्रभावकारी रहेको र नेपाल सरकारको औषधि व्यवस्था विभागले समेत अनुमति प्रदान गरेपछि मात्र प्रयोगमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण