१२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप
शुक्रबार, ०२ फागुन २०८१, १८ : ४२

काठमाडौँ । देशभर १२ लाख ४० हजार ७७ किशोरीले एचपीभी खोप लगाइका छन् । माघ २२ देखि फागुन ६ गतेसम्म हिमाली ४ जिल्ला बाहेकमा सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सर रोकथामविरुद्धकाे एचपीभी खोप अभियान अन्तर्गत ती किशोरीले खोप लगाएका हुन् ।
लक्ष्यको ७३ प्रतिशत किशोरीलाई खोप प्रदान गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउन मन्त्रालयको आग्रह छ ।
साथै, सरकारले आगामी वर्षदेखि एचपीभी खोपलाई कक्षा ६ मा अध्ययनरत तथा विद्यालय नजानेको हकमा १० वर्ष उमेरका किशोरीहरूका लागि नियमित खोप कार्यक्रममा समावेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प रिसाइरहँदा हार्वार्ड विश्वविद्यालयले पाउने भएन कुनै अनुदान
-
बजेट अभावले अर्घाखाँचीको विमानस्थल निर्माण अधुरो
-
स्वेच्छाले अमेरिका छाड्ने अवैध आप्रवासीलाई हजार डलर दिँदै छन् ट्रम्प
-
विराट कोहलीलाई ‘जोकर’ र उनका समर्थकलाई ‘महाजोकर’ भनेपछि गायक राहुल विवादमा
-
हमास हमलाको जाँच गर्न इजरायली क्याबिनटले गर्यो अस्वीकार
-
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या