१२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप
शुक्रबार, ०२ फागुन २०८१, १८ : ४२
काठमाडौँ । देशभर १२ लाख ४० हजार ७७ किशोरीले एचपीभी खोप लगाइका छन् । माघ २२ देखि फागुन ६ गतेसम्म हिमाली ४ जिल्ला बाहेकमा सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सर रोकथामविरुद्धकाे एचपीभी खोप अभियान अन्तर्गत ती किशोरीले खोप लगाएका हुन् ।
लक्ष्यको ७३ प्रतिशत किशोरीलाई खोप प्रदान गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउन मन्त्रालयको आग्रह छ ।
साथै, सरकारले आगामी वर्षदेखि एचपीभी खोपलाई कक्षा ६ मा अध्ययनरत तथा विद्यालय नजानेको हकमा १० वर्ष उमेरका किशोरीहरूका लागि नियमित खोप कार्यक्रममा समावेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण