कांग्रेस र एमालेको गठबन्धनले २०८४ सालसम्मै निरन्तरता पाउँछ : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस र एमालेको गठबन्धन २०८४ सालसम्मै निरन्तरता पाउने बताएका छन् । प्रदेश सभामा सम्बोधन गर्दै पाण्डेले स्थिरताकै लागि दुई ठुला पार्टीको गठबन्धन भएको बताए ।
‘माननीयज्यूहरूले यो सरकारको स्थिरता दिने कुरा कत्तिको पत्याएका छन् जनताले भनेर प्रश्न गर्नुभयो । एमाले र कांग्रेस मिलेर स्थिरता आउँछ भन्ने कुरा कसले पत्याएको छ भनेर जसले सोध्नुभएको छ मनदेखि उहाँले पनि पत्याउनुभएको छ,’ उनले भने ।
उनले कांग्रेस र एमालेबिच गठबन्धन नभएको भए असारदेखि हालसम्म २ पटक सरकार फेरबदल भइसक्ने बताए । ‘कांग्रेस र एमाले नमिलेको भए असारदेखि माघसम्म आइपुग्दा कम्तीमा २ वटा सरकार बनिसक्थ्यो । प्रत्येक वर्षमा २ वटा सरकार बनेको थियो । ६–६ महिना, ४–४ महिनामा,’ उनले भने, ‘वास्तविकता त त्यही थियो नि । कोही आत्तिएर पनि भएन, मात्तिएर पनि भएन । अब ०८४ सम्म चल्ने यसरी नै हो ।’ उनले गठबन्धन फेरिएला भन्ने नसोच्न पनि आग्रह गरेका छन् ।
संसदमा अरू दलका नेताहरूले सरकारको स्थिरताको विषय जनताले नपत्याएका अभिव्यक्ति दिएका थिए ।
मुख्यमन्त्री पाण्डेले कांग्रेसले निर्णय गरेका कारण मात्रै देशमा गणतन्त्र आएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण