एमाले निकट कर्मचारीको महाधिवेशनमा निर्वाचन प्रक्रिया स्थगित
शुक्रबार, ०२ फागुन २०८१, २१ : २९
काठमाडौँ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको निर्वाचन प्रक्रिया स्थगित भएको छ । अध्यक्षका दुई प्रत्याशीबिच सहमति गराउन खोजेपछि निर्वाचन प्रक्रिया स्थगन भएको हो ।
बुधबारदेखि सुरु भएको १२ औँ महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको थियो । तर, सहमति प्रयास जारी राखेपछि मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।
अध्यक्षका लागि हालका उपाध्यक्षहरू रेमन्त गौतम र भवानी दाहाल न्यौपानेको टिमबिच प्रतिस्पर्धा हुने थियो । तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानेको पक्षमा सहमति गर्न भनेपछि निर्वाचन प्रक्रिया भोलीसम्मका लागि स्थगित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण