समाचार
बेलुन पड्किएर घाइते भएका मेयर आचार्यलाई पनि काठमाडौँ ल्याइयो
शनिबार, ०३ फागुन २०८१, १५ : १५

काठमाडौँ । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर घाइते भएका पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई पनि काठमाडौँ ल्याइएको छ । मेयर आचार्यलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
आचार्यलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिने जनाइएको छ । यसअघि सोही कार्यक्रम घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई पनि उपचारका लागि काठमाडौँ ल्याइसकिएको छ ।