सुमन श्रेष्ठ पोखरा थन्डर्सको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले आफ्नो मुख्य प्रशिक्षकका रूपमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ । क्लबले शनिबार उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षक श्रेष्ठलाई पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले नियुक्ति पत्र हस्तान्तरण गरे ।
नियुक्ति पछि बोल्दै श्रेष्ठले पोखरासँग जोडिन पाउँदा धेरै खुसी भएको बताएका छन् । उनले अब टोलीलाई सफल बनाउन आफूले सम्पूर्ण मेहनत खर्चिने बताए । ‘पोखरासँग जोडिन पाउँदा धेरै खुसी छु । लिगमा क्लबलाई उपाधि दिलाउन भरपुर मेहनत गर्नेछु,’ श्रेष्ठले भने ।
सुमनसँग दुई दशकको प्रशिक्षण अनुभव छ । उनले नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरूमा लामो समय प्रशिक्षण गराएका छन् ।
प्रशिक्षक श्रेष्ठलाई क्लबमा भित्राउने कार्यक्रममा क्लबका म्यानेजमेन्ट टोलीसँगै अभिनेता अनुप विक्रम शाहको पनि सहभागिता रहेको थियो । अनुपलाई प्रशिक्षण श्रेष्ठले क्लबको जर्सी पनि हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण