लेबनानमा दुई नेपाली घाइते हुनेगरी भएको आक्रमणको घटनामा २५ जना पक्राउ
शनिबार, ०३ फागुन २०८१, २१ : ०२
काठमाडौँ । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्रसङ्घको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएका छन् । उक्त आक्रमणमा दुई नेपाली शान्ति सेना घाइते भएका थिए ।
संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गरेका छन् । उक्त आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका नेपाली शान्ति सैनिक चोकबहादुर ढकाल घाइते भएका थिए । युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताएको एएफपीलाई उदृत गर्दै राससले समाचार छापेको छ ।
नेपाली सेनाले भने शनिबार जारी गरेको विज्ञप्तिमा ढकाल घाइते भएको विषय मात्रै उल्लेख गरेको छ । लेबनानी प्रधानमन्त्री नवाफ सलामले आक्रमणको कडा निन्दा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण