कतारमा पनि मनाइयो ३०औँ जनयुद्ध दिवस
काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च कतारले ३०औँ जनयुद्ध दिवस फूलबारी रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बिच भव्यताका साथ मनाएको छ । सयौँ वर्षदेखि राजाहरूले गर्दै आएको शासन अन्त्य गरी जनताको शासन स्थापना गर्न विसं २०५२ साल फाल्गुन १ गतेका दिनदेखि सुरु भएको जनयुद्धको स्मरणमा यो दिवस मनाइँदै आइएको छ ।
मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाको अध्यक्षता र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेश (सार्क बाहेक) सहइन्चार्ज डिबि क्षेत्रीको प्रमुख आतिथ्ययतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिसहित माओवादीप्रति आस्थावानहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्र एसिया प्रदेश (शार्क बाहेक)संयोजक शनि कुमार ओलीको पनि विशेष उपस्थित रहेको थियो । संयोजक ओलीले आफ्नो मन्तव्य राख्ने क्रममा माओवादी आन्दोलन र जनयुद्ध हिजो र आज पनि थियो भन्ने प्रस्ट भएको जिकिर गरे ।
जनयुद्धलाई प्रतिगामी तत्त्वहरूले गलत तरिकाले व्याख्या अपव्याख्या गरेको प्रति दुख व्यक्त उनले यसो नगर्न पनि चेतावनी दिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि क्षेत्रीले परदेशमा रहेका सम्पूर्ण श्रमिकहरूलाई एकजुट भएर राम्रा काम गर्नेलाई साथ र सहयोग गर्न अपिल गरेका थिए । आफूले एनआरएन अभियानमा रहँदा हरारे अभियान सञ्चालन गरेको र अहिले त्यही अभियानलाई नेपाल सरकारले सामाजिक सुरक्षा कोषको रूपमा स्थापित गरेको प्रति उनले खुसी व्यक्त गरे ।
कार्यक्रममा कतारमा रहेका कलाकारहरूले विभिन्न क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण