कतारमा पनि मनाइयो ३०औँ जनयुद्ध दिवस

काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च कतारले ३०औँ जनयुद्ध दिवस फूलबारी रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बिच भव्यताका साथ मनाएको छ । सयौँ वर्षदेखि राजाहरूले गर्दै आएको शासन अन्त्य गरी जनताको शासन स्थापना गर्न विसं २०५२ साल फाल्गुन १ गतेका दिनदेखि सुरु भएको जनयुद्धको स्मरणमा यो दिवस मनाइँदै आइएको छ ।
मञ्चका अध्यक्ष राजेन्द्र देवकोटाको अध्यक्षता र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया प्रदेश (सार्क बाहेक) सहइन्चार्ज डिबि क्षेत्रीको प्रमुख आतिथ्ययतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिसहित माओवादीप्रति आस्थावानहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा माओवादी केन्द्र एसिया प्रदेश (शार्क बाहेक)संयोजक शनि कुमार ओलीको पनि विशेष उपस्थित रहेको थियो । संयोजक ओलीले आफ्नो मन्तव्य राख्ने क्रममा माओवादी आन्दोलन र जनयुद्ध हिजो र आज पनि थियो भन्ने प्रस्ट भएको जिकिर गरे ।
जनयुद्धलाई प्रतिगामी तत्त्वहरूले गलत तरिकाले व्याख्या अपव्याख्या गरेको प्रति दुख व्यक्त उनले यसो नगर्न पनि चेतावनी दिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि क्षेत्रीले परदेशमा रहेका सम्पूर्ण श्रमिकहरूलाई एकजुट भएर राम्रा काम गर्नेलाई साथ र सहयोग गर्न अपिल गरेका थिए । आफूले एनआरएन अभियानमा रहँदा हरारे अभियान सञ्चालन गरेको र अहिले त्यही अभियानलाई नेपाल सरकारले सामाजिक सुरक्षा कोषको रूपमा स्थापित गरेको प्रति उनले खुसी व्यक्त गरे ।
कार्यक्रममा कतारमा रहेका कलाकारहरूले विभिन्न क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम
-
फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, दर्जनौं घाइते
-
नीति तथा कार्यक्रममा सत्ता र प्रतिपक्षको टिप्पणी : टोले गुन्डाको चन्दादेखि बासी कार्यक्रमसम्म
-
पाकिस्तानमा कार दुर्घटना, आठ जनाको मृत्यु
-
२ वर्ष अघि आरबीआईले थुतिसकेको २ हजारको नोट अझै प्रचलनमा
-
गाजामा राहत सामग्री पुर्याउन गइरहेको डुङ्गामा ड्रोन हमला