अपडेट
ग्यास विस्फोट घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
आइतबार, ०४ फागुन २०८१, १५ : ००
काठमाडौँ । राजधानीको कमलपोखरी स्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटको घटनामा थप एक जनाको मृत्यु भएको छ ।
काभ्रेको बेथानचोक घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदै आएको थियो ।
यससँगै घटनामा परेर मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । माघ २४ को विस्फोटमा परेर यसअघि २२ वर्षीय प्रदीप तामाङ, हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण