अब प्रधानमन्त्रीलाई सांसदले एक मिनेटभित्रै प्रश्न सोधिसक्नुपर्ने
आइतबार, ०४ फागुन २०८१, १३ : ५३

काठमाडौँ । प्रतिनिधिसभाको बैठकको प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रममा एक सांसदले एक मिनेटमा प्रश्न सोधिसक्नु पर्ने भएको छ । सांसदले प्रश्न सोध्दा दुई प्रश्न मात्रै प्रश्न सोध्न पाउने निर्णय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले गरेको हो ।
समिति बैठकपछि सभामुख देवराज घिमिरेले एक माननीयले दुई प्रश्न एक मिनेटभित्र सोधिसक्ने निर्णय भएको जानकारी दिए ।
‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रभावकारी बनाउन एक जना माननीयले अबदेखि बढीमा दुई प्रश्न वा एक मिनेटभित्र राखिसक्नुपर्ने निर्णय भएको छ,’ सभामुख घिमिरेले भने। यसअघि एक सांसदले आठवटासम्म प्रश्न सोध्न पाउँथे ।