डोजरले ढुङ्गा खसाल्दा विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु
आइतबार, ०४ फागुन २०८१, १४ : ००
बुटवल । मोटर बाटो खन्ने क्रममा जेसीबी डोजरले ढुङ्गा पल्टाउँदा गुल्मीमा एक बालिकाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका गुल्मीका अनुसार इस्मा गाउँपालिका-२ को छल्दीबाट हस्ति चौर जाने भित्री मिटर बाटो खन्ने क्रममा माथिबाट जेसीबीले ढुङ्गा खसाल्दा सोही वडा छल्दीटारका ज्ञान बहादुर कुमालकी ८ वर्षीया छोरी विष्णु कुमालको ज्यान गएको हो।
स्कुल जान हिँडेकी बालिकाको माथिबाट खसेको ढुङ्गाले थिचेर गम्भीर घाइते भएपछि उपचारका लागि गुल्मी अस्पताल ल्याएकोमा दिउँसो डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले जेसीबी चालक मकवानपुरको ईन्द्रचौर गाउँपालिका-४, सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई पक्राउ गरेको छ ।
स्थानीयका अनुसार जेसीबी चालकको लापरबाहीका कारण बालिकाको ज्यान जान पुगेको हो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरी गर्न जाँदा चोरिएकै गाडी प्रयोग, युवक पक्राउ
-
वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई विभागको निर्देशन
-
पोल्यान्ड र युक्रेनबिच कूटनीतिक टकराव : जेलेन्स्कीको राजकीय सम्मान फिर्ता
-
गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ
-
ब्राजिलको गोल वर्षा, पहिलो हाफमै हैटीविरुद्ध ३–० को अग्रता
-
रवि र बालेनको सहमतिमै रास्वपाको नयाँ नेतृत्व छानिने, निर्वाचन अन्तिम विकल्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण