६८ करोड बजेट रकमान्तर भएकोमा वर्षमानको असन्तुष्टि
आइतबार, ०४ फागुन २०८१, १४ : ०६
काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले अघिल्लो सरकारले विनियोजित गरेको बजेट नयाँ सरकारले रकमान्तर गर्ने काम भएको भन्दै असन्तुष्ट जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पुनले सहिद मार्गको घोराही–रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि अघिल्लो सरकारले १ अर्ब २५ करोड बजेट व्यवस्था गरिएको बताए ।
तर, हालै नयाँ सरकार गठन भइसकेपछि सो बजेटबाट ६८ करोड रकम रकमान्तर गरिएको उनको भनाइ छ ।
उनले अझैपनि सडकको ठेक्का नलागेको भन्दै सो खण्डको तुरुन्त ठेक्का लगाउने व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
उनले अनियन्त्रित टिपरका कारण दाङ, रोल्पा र रुकुम क्षेत्रका जनता त्रसित भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण