प्रतिघण्टा ६१ हजार किमीको गतिमा पृथ्वीतिर आइरहेको छ एउटा उल्कापिण्ड
वासिङटन डीसी । एउटा उल्कापिण्डले पृथ्वीमा ठुलो विनाश निम्त्याउन सक्छ । पछिल्लो समय एउटा उल्कापिण्ड पृथ्वीका लागि ठुलो खतरा बन्दै गएको वैज्ञानिकहरूले चेतावनी दिइरहेका छन् ।
वैज्ञानिकहरूले सबैभन्दा शक्तिशाली टेलिस्कोपबाट यसमाथि नजर राखिरहेका छन् । २०२४ वाईआर४ नाम दिइएको उक्त उल्कापिण्ड भवनको आकारको छ । यसले प्रतिघण्टा ६१ हजार किलोमिटरको दरमा यात्रा गरिरहेको छ ।
यसलाई नासाको एस्टेरोइड टेरेस्ट्रियल–इम्प्याक्ट लास्ट अलर्ट सिस्टम (एटलास)ले २०२४ मा पत्ता लगाएको थियो । नासाले निगरानी गर्ने उल्कापिण्डको सूचीमा यो सबैभन्दा माथि छ । २०३२ को डिसेम्बरमा पृथ्वीसँगको उल्कापिण्ड ठोक्किने सम्भावना करिब २ प्रतिशत छ । हालको हिसाबमा ४३ पटकमा यो एक पटक पृथ्वीसँग ठोक्किने सम्भावना छ । यसलाई ध्यानमा राख्दै नासाले ठुलो कदम चालेको छ । युरोपेली अन्तरिक्ष एजेन्सी (इसा)को ब्लग पोस्ट अनुसार यसबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय खगोलविद्हरूको टोलीलाई जेम्स वेब स्पेस टेलिस्कोपको आपत्कालीन प्रयोगको अनुमति दिइएको छ ।
यो उल्कापिण्ड ४० देखि ९० मिटर फराकिलो छ । यो भनेको कुनै ठुलो भवन जत्तिकै हो । यसको व्यास लगभग ५५ मिटर छ । यो पिसाको ढल्किएको टावरको उचाइ बराबर हो । कुनै समय पृथ्वीमा डायनासोरहरू थिए । तर चिक्सुलब उल्कापिण्डले यिनीहरूलाई पूरै नष्ट गरिदियो । लाइभ साइन्स रिपोर्ट अनुसार, २०२४ वाईआरएफ चिक्सुलब उल्कापिण्ड जस्तो विनाशकारी हुनेछैन । तर यसले टुंगुस्का उल्कापिन्डले जत्तिकै क्षति पुर्याउन सक्ने बताइएको छ । सन् १९०८ मा खसेको यो उल्कापिण्डले साइबेरियाको जंगलमा करिब ८ करोड रूखहरू ढालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण