राष्ट्रिय यु–२० महिला रग्बी फागुन ६ र ७ गते हुने

काठमाडौँ । राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप फागुन ६ र ७ गते काठमाडौँमा आयोजना हुने भएको छ ।
नेपाल महिला रग्बी क्लबले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भक्तपुरस्थित मध्यपुर युथको मैदानमा हुने च्याम्पियनसिप ६ प्रदेश र दुई क्लब गरी ८ टिम सहभागी हुने जानकारी दिएको हो ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश, कोशी र बागमती प्रदेश तथा आयोजक नेपाल महिला रग्बी क्लब र हिमालयन टाइगर रग्बी क्लबले प्रतियोगितामा सहभागी जनाउने नेपाल महिला रग्बी क्लबकी अध्यक्ष एलिसा थापाले जानकारी दिइन् ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ । समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउने उनले बताइन् । प्रतियोगिताको विजेता टिमलाई ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ नगद र उपविजेता टिमलाई ट्रफी,मेडल सहित ३० हजार रुपैयाँ पुरस्कार राशि राखिएको अध्यक्ष थापाले जानकारी दिइन् ।
उमेर समूहको खेलाडीलाई एक्सपोजर प्रदान गर्न र दसौँ राष्ट्रिय खेलकुदको तयारीलाई सघाउ पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको क्लबले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्समा डेब्यू गर्दै आलिया
-
नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस : उर्मिला अर्याल
-
सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने मेरूदण्ड हो : ज्ञानेन्द्र शाही
-
नीति तथा कार्यक्रममा गर्न सकिने कुराहरू लेखिएको छ, यो सान्दर्भिक छ : प्रमुख सचेतक न्यौपाने
-
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
-
नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैन : स्वास्थ्यमन्त्री पौडेल