राष्ट्रिय यु–२० महिला रग्बी फागुन ६ र ७ गते हुने
काठमाडौँ । राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप फागुन ६ र ७ गते काठमाडौँमा आयोजना हुने भएको छ ।
नेपाल महिला रग्बी क्लबले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भक्तपुरस्थित मध्यपुर युथको मैदानमा हुने च्याम्पियनसिप ६ प्रदेश र दुई क्लब गरी ८ टिम सहभागी हुने जानकारी दिएको हो ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश, कोशी र बागमती प्रदेश तथा आयोजक नेपाल महिला रग्बी क्लब र हिमालयन टाइगर रग्बी क्लबले प्रतियोगितामा सहभागी जनाउने नेपाल महिला रग्बी क्लबकी अध्यक्ष एलिसा थापाले जानकारी दिइन् ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ । समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउने उनले बताइन् । प्रतियोगिताको विजेता टिमलाई ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ नगद र उपविजेता टिमलाई ट्रफी,मेडल सहित ३० हजार रुपैयाँ पुरस्कार राशि राखिएको अध्यक्ष थापाले जानकारी दिइन् ।
उमेर समूहको खेलाडीलाई एक्सपोजर प्रदान गर्न र दसौँ राष्ट्रिय खेलकुदको तयारीलाई सघाउ पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको क्लबले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण