कृषिको समग्र विकासलाई केन्द्रमा राखेर योजना अघि बढाएका छौंः मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषिको समग्र विकासलाई केन्द्रमा राख्दै आवधिक योजनाको प्रस्तावना तयार पारेको बताएका छन् ।
आइतबार अखिल नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेश समितिले विभिन्न सुझाव समेटिएको ज्ञापन पत्र बुझाउने क्रममा मुख्यमन्त्री आचार्यले कृषिमा यान्त्रिकीकरण, व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने गरी योजना अघि सारिएको स्पष्ट परका हुन् ।
उनले प्रदेशको समृद्धि र विकास कृषिको विकासबाट सम्भव हुने भन्दै किसानको जीवनस्तर उकास्न सरकार योजनाबद्ध रूपमा अगाडि बढेको आवधिक योजनामा धेरै विषय समेटिएका बताए ।
सङ्घीय सरकारसँग निरन्तरको समन्वयमार्फत सरकारले किसानलाई खेती गर्ने बेलामा रासायनिक मलको अभाव हुन नदिन पहल गरिरहेको मुख्यमन्त्री आचार्यले बताउँदै कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज आरती पौडेल र प्रदेश अध्यक्ष महेन्द्र गिरी नेतृत्वको टोलीले प्रदेश सरकारलाई किसानका समस्याबारे ज्ञापन पत्र बुझाएको थियो । महासङ्घले रासायनिक मल अभाव र इन्धनमा भएको मूल्यवृद्धिले कृषि क्षेत्र, मुलुकको अर्थतन्त्र र आम नागरिकको जीवनस्तरमा गम्भीर प्रभाव परेको भन्दै समयमै समाधानका लागि आग्रह गरेको छ ।
महँगी, खाद्यान्न सङ्कट, तथा व्यापार घाटाका कारण अर्थतन्त्रमा देखिएको अस्थिरताप्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ । दैनिक उपभोग्य सामग्री, पेट्रोलियम पदार्थ, निर्माण सामग्रीलगायत वस्तुहरूको मूल्यवृद्धिले उपभोक्तालाई समस्या परेको र आयात–निर्यात असन्तुलनले व्यापार घाटा चरमचुलीमा पुगेको महासङ्घको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण