गुल्मीमा ढुङ्गा लागेर विद्यार्थीको मृत्यु
आइतबार, ०४ फागुन २०८१, १९ : १५
गुल्मी । बाटो खन्ने क्रममा स्काभेटरले पल्टाएको ढुङ्गा लागेर एक विद्यार्थीको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तिचौर तारागाउँ निवासी ज्ञानबहादुर कुमालकी छोरी ८ वर्षीया विष्णु कुमालको आज मृत्यु भएको हो ।
कुमाल पालुखा माविमा कक्षा युकेजीमा अध्ययनरत विद्यार्थी हुन् । अध्ययनका लागि विद्यालय जाँदै गरेका बेला माथिबाट खसेको ढुङ्गा टाउकामा लागेको थियो । स्थानीयले उपचारका लागि तम्घास अस्पताल ल्याए पनि उद्वारमा ढिलाइ हुँदा उनको ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी दाहालले स्काभेटर चालक मकवानपुरको इन्द्रचौर गाउँपालिका–४ सिस्नेरी बस्ने ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरी गर्न जाँदा चोरिएकै गाडी प्रयोग, युवक पक्राउ
-
वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई विभागको निर्देशन
-
पोल्यान्ड र युक्रेनबिच कूटनीतिक टकराव : जेलेन्स्कीको राजकीय सम्मान फिर्ता
-
गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ
-
ब्राजिलको गोल वर्षा, पहिलो हाफमै हैटीविरुद्ध ३–० को अग्रता
-
रवि र बालेनको सहमतिमै रास्वपाको नयाँ नेतृत्व छानिने, निर्वाचन अन्तिम विकल्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण