वंशजको नागरिकता जसले पाएको छ, उसको नागरिकता क्यान्सिल गर्नु हुँदैन : ज्ञानेन्द्र शाही
काठमाडौँ । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले वंशजको नागरिकता जसले पाएको छ उसको नागरिकता क्यान्सिल गर्न नहुने बताएका छन् । आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफलका लागि पेस गरेको प्रस्तावउपर छलफलका क्रममा शाहीले एक पटकको नेपाली सदाको नेपाली हुनुपर्ने बताए ।
‘वंशजको आधारमा ज–जसले नागरिकता पाएका छन् । विदेशको नागरिकता लिए पनि तिनीहरूको नागरिकता क्यान्सिल गर्नु हुँदैन । किनकि तिनैका पुर्खाले बनाएको देश हो यो । र, आज हामी त्यही इतिहासमा उभिएर नेपालको सांसद, प्रधानमन्त्री र गृहमन्त्री भएको हो’, उनले भने ।
उनले जब जब देशमा क्रान्ति नाममा व्यवस्था परिवर्तन हुन्छ त्यसपछि वंशजको नागरिकता पाउनेको खोस्ने सरकारले विदेशीलाई चाहिँ नागरिकता बाँड्ने सौदाबाजी गर्ने गरेको जिकिर गरे ।
आज एनआरएनएहरूले नेपालमा खर्बौँ लगानी गर्न चाहिरहे पनि नेपालको नागरिकता समेत नहुँदा समस्या भएको उनले बताए । ‘नागरिकता दिएको छ खास्टो, जसले फेरि नि भिसा लगाउनुपर्छ । संसारको कुन देशमा हुन्छ हो त्यस्तो ?’, उनले भने, ‘नागरिकता पनि दिने भिसा पनि लगाउने ?’
यसअघि विनोद कुँवरसहितका गैर आवासीय नेपालीहरूको एक समूहले शाहीलाई यसबारे ध्यानाकर्षण समेत गराएको थियो ।
सोही छलफलमा अर्का सांसद योगेश भट्टराईले पनि गैर आवासीय नेपालीहरूको संबिधान प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजनको विषय उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण