गार्डनरको अलराउन्ड प्रदर्शनमा गुजरातको पहिलो जित
वडोदरा । एस्ले गार्डनरको अलराउन्ड प्रदर्शनको मद्दतले महिला प्रिमियर लिगमा गुजरात जायन्ट्सले पहिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा टोलीले यूपी वारियर्सलाई ६ विकेटले हराएको हो ।
यूपीले प्रस्तुत गरेको १४४ रनको लक्ष्य गुजरातले १२ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पछ्यायो । गुजरातको जितमा कप्तान गार्डनरले अर्धशतकीय इनिङ्स खेलिन् । उनले मात्र ३२ बलमा ५ चौका र ३ छक्का हिर्काउँदै ५२ रन जोडिन् ।
त्यस्तै, हर्लिन देओलले नटआउट रहँदै ३४ रन बनाइन् भने उनलाई डिएन्ड्रा डोटिनले नटआउट रहेर ३३ रन बनाउँदै राम्रो साथ दिइन् । ओपनर लाउरा वोलभार्टडले २२ रनको योगदान दिइन् ।
यूपीका लागि सोफी एक्लेस्टोनले २ विकेट लिइन् भने ग्रेस ह्यारिस र ताहिला म्याकग्राथले १–१ विकेट लिइन् ।
यसअघि पहिले ब्याटिङ गरेको यूपीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । कप्तान दीप्ति शमाले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै, उमा क्षेत्रीले २४ तथा एलाना किंगले १९ रन रन जोडिन् ।
गुजरातका लागि प्रिया मिश्राले ३ विकेट लिइन् । डोटिन र गार्डनरले २–२ विकेट तथा काश्वी गौतमले १ विकेट हात पारिन् ।
२ खेलपछि गुजरातको यो पहिलो जित हो । यूपी भने आफ्नो पहिलो खेलमा नै पराजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण