५ जना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चितवनको भरतपुर महानगरपालिका-३ कमलनगरस्थित टहरामा बस्ने गुल्मी छत्रकोट गाउँपालिका बिगामकोट घर भएकी ३५ वर्षीया सीता पौडेल सोही टहरामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कमला स्टिल फ्याक्ट्रीमा काम गर्ने भारत नागौर राजस्थान गाउँ सारडी घर भएका हाल ६० वर्षीय राम गोपाल शर्मा सोही फ्याक्ट्रीको क्वाटरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
दाङको घोराही उपमहानगरपालिका-४ मनैया टोल सुनपुर बस्ने ७४ वर्षीय जय बहादुर खत्री लामिछाने पनि आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ बाह्रबिसे बजार बस्ने ४८ वर्षीय राज कुमार श्रेष्ठ आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
रामेछापको मन्थली नगरपालिका-२ पिप्ले बस्ने ५० वर्षीय मोहनसिंह तामाङ गोकुलगंगा गाउँपालिका-६ फर्पु थलाडाँडास्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न डा केसीको माग, नभए असार २५ देखि सत्याग्रह गर्ने चेतावनी
-
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?
-
संसद्का चार विषयगत समितिको बैठक बस्दै
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित
-
ऐतिहासिक षड्यन्त्रको पासोमा रैथाने शिल्पी समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण