होटल अगाडि पार्किङ गरेको मोटरसाइकल चोरी गर्ने युवक पक्राउ
काठमाडौँ । होटल अगाडि पार्किङ गरेको मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका-९ बस्ने २८ वर्षीय सुरज गुरुङ रहेका छन् ।
काठमाडौँ महानगरपालिका-१७ क्षेत्रपाटी स्थित होटल प्रिस्टिन अगाडि पार्किङ गरी राखेको ग १६ प १३२५ नं. को १६० सीसीको टीभीएस अपाचे मोटरसाइकल गत माघ ११ गते राति अन्दाजी १० बजेको समयमा चोरी भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार अनुसन्धानको क्रममा गुरुङले उक्त मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी प्रदेश ३ - ०२-०१२ प ७३७३ नं. को नम्बर प्लेट जडान गरी चलाउँदै आएको खुल्न आएको थियो ।
गुरुङलाई फागुन २ गते काठमाडौँ महानगरपालिका-१७ नयाँ बजारबाट मोटरसाइकलसहित नियन्त्रणमा लिइएको उपरीक्षक बोहराले बताए । उनलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण