‘रंगी’को गीत ‘उडिदेउ’ सार्वजनिक

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘रंगी’को गीत ‘उडिदेउ’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा अन्जान रानाभाटको स्वर र संगीत, अञ्जान र सौगात सापकोटाको शब्द, सम्रिक बादेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।
भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय छ । स्याड भर्सनको गीतमा सलोनले छोरी आयुषीका लागि गरेको संघर्षलाई देखाइएको छ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ, आइक्याच स्टुडियोको पब्लिसिटी डिजाइन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा विकास मार्गचित्र कार्यान्वयन, ह्विलिङ चार्ज निर्धारण गर्ने घोषणा
-
किट विश्वविद्यालय : नेपाली विद्यार्थीको मृत्युपछि फेसबुकलगायतका सामाजिक सञ्जाल चल्न छाड्यो
-
एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो
-
सरकारको नीति तथा कार्यक्रम : प्रधानमन्त्री कार्यालयलाई एक्सीलेन्सका रूपमा विकास गरिने
-
एनआरएनएको एकता महाधिवेशनका लागि परराष्ट्रमन्त्रीलाई निम्तापत्र हस्तान्तरण
-
महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति