विपद् प्रभावित परिवारलाई आवास निर्माण गर्न दोस्रो किस्ता रकम निकासा
सोमबार, ०५ फागुन २०८१, १६ : ४४
काठमाडौँ । पश्चिम नेपालमा गएको भूकम्प र २०८१ असोजको बाढी पहिरो प्रभावित परिवारलाई अस्थायी आवास बनाउन सरकारले दोस्रो किस्ता रकम निकासा गरेको छ । डोटी र जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प तथा असोजको बाढी पहिरोका कारण क्षतिग्रस्त आवास बनाउन सरकारले दोस्रो किस्ता रकम निकासा गरेको गृह मन्त्रालयले जनाएको छ ।
अस्थायी आवास निर्माण गर्न ७८ हजार ६१० लाभग्राहीलाई पहिलो किस्ताबापत १ अर्ब ९६ करोड र दोस्रो किस्ता बापत ९२ करोड ३३ लाख निकासा गरिएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । असोजमा भएको भारी वर्षाबाट प्रभावित २० जिल्लाका ७१ स्थानीय तहलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण