विल पास नगरिदिएको झोकमा वडाध्यक्षले सचिवलाई हाने चड्कन
पोखरा । कार्यक्रमको विल पास नगरिदिएको भन्दै वडाध्यक्षले वडा सचिवमाथि हातपात गरेका छन् । तनहुँको बन्दिपुर गाउँपालिका ६ का वडाध्यक्ष बलबहादुर गुरुङले सोही वडामा कार्यरत सचिव नवीन भुसालमाथि कुटपिट गरेका हुन् ।
माघ ९ गते वडामा वडास्तरीय भलिबल प्रतियोगिता भएको थियो । उक्त कार्यक्रमको बिल वडाध्यक्षले सचिवलाई दिएका थिए । तर बिलमा चढाइएको रकममा सचिवले आशंका गरेका कारण घटना भएको स्रोतको भनाई छ ।
‘अध्यक्ष ज्यूले बिल फरवार्ड गर्दिनू भन्नुभयो । सचिव सरले चाहिँ कार्यक्रम नै स्वीकृत नभएकोले अहिले फरवार्ड गर्न सक्दिनँ भन्नुभयो,’ एक कर्मचारीले भने, ‘त्यसपछि अध्यक्ष ज्यू झोक्किएर घाँटी अठ्याउन पुग्नुभयो । चड्कन पनि हान्नुभयो ।’
बिलको रकमबारे एकिन भैनसकेको प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताए । ‘विवाद चाहिँ बिलकै विषयमा हो भन्ने थाहा भयो । तर बिलको रकम अझै यकिन भएको छैन,’ उनले भने, ‘कार्यक्रम गर्दाको खर्च हो । त्यसमा के नमिलेको भन्ने हामी बुझ्दै छौँ ।’
घटनापछि कर्मचारीहरू विक्षिप्त बनेका र काम गर्ने वातावरण नबनेको उनको भनाई छ । ‘हामी साथीहरू विक्षिप्त भएको अवस्था छ । कर्मचारी असुरक्षित महसुस गर्नुभएको छ,’ उनले भने, ‘घटनाको छानबिनको माग गरेका छौँ । कारबाहीमा कुनै कम्परमाइज नहोस् भन्ने हाम्रो आग्रह छ ।’ घाइते भएका पीडित भुसाललाई थप उपचारका लागि बन्दिपुरबाट भरतपुर रिफर गरिएको छ ।
घटनापछि कर्मचारीका सङ्घ सङ्गठनहरूले दोषीमाथि कारबाहीको माग सहित दबाब सिर्जना गरेका थिए । घटनामा संलग्न वडाध्यक्ष गुरुङ पक्राउ परेका छन् । चौतर्फी दबाबपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण