प्रधानमन्त्री ओलीविरुद्ध भीम रावलको १५ बुँदे आरोप, भने–'जनताप्रति जिम्मेवार छैनन्'
काठमाडौँ । मातृभूमि जागरण अभियानका प्रस्तावक डा भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कामहरूले उनी जनताप्रति जिम्मेवार नभएको प्रस्ट हुने जिकिर गरेका छन् । विभिन्न १५ बुँदामा ओलीले गरेका काम उल्लेख गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाई गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्त्वपूर्ण पद र अवसर दिने तर आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई 'कार्वाई'को डन्डा चलाउने कार्यले पनि उनी पार्टी र जनताप्रति इमानदार नरहेको प्रस्ट हुने रावलको भनाइ छ ।
भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याउने र त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोक्ने दुराशयले संक्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने निर्णय मन्त्रिपरिषद्बाट गर्ने काम पनि जनविरोधी भएको उनले उल्लेख गरेका छन् ।
जलवायु परिवर्तनको कारण नेपालको बिग्रँदो वातावरण र पर्यावरणप्रति संवेदनशील हुनुको साटो बनजंगल र बाघको सङ्ख्या घटाउनु पर्छ भन्दै विनाशको पक्षपोषण गरेको रावलको आरोप छ ।
नेपालको संविधानद्वारा प्रदत्त लेख्ने, बोल्ने र सभा, सङ्गठनलाई कुण्ठित गर्ने किसिमको कानुन ल्याउने तर राष्ट्रिय एकता, सामाजिक सद्भाव र शिष्टता विपरीतका खुला गतिविधिप्रति आँखा चिम्लिने तथा आफ्ना पार्टीका कार्यकर्ताहरूलाई आलोचकहरूका विरुद्ध अशिष्ट र उद्दण्ड किसिमले सामाजिक सञ्जालमा लेख्न र सामग्री प्रेषित गर्न उक्साउने कार्यको पनि रावलले विरोध गरेका छन् ।
यस्ता छन् रावलका नजरमा ओलीको १५ गलत कार्य


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण