एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल
मङ्गलबार, ०६ फागुन २०८१, ०९ : ४५
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दाहाल निर्वाचित भएका छन् ।
फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दाहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा गंगालाल तुलाधरले जानकारी दिए ।
इन्चार्ज तुलाधरकाअनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानीराम चौलागाई, निरू खरेल, दीपक धनुके निर्वाचित भएका छन् । दाहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण