त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान
मङ्गलबार, ०६ फागुन २०८१, १० : ०५

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कार्यालयले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै कर्मचारीको लागि दरखास्त आह्वान गरिएको छ ।
प्रशासनिक र प्राविधिक पदहरूमा बढुवा, आन्तरिक तथा खुला, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम अनुसार कर्मचारी माग भएको सूचनामा उल्लेख छ ।
योग्यता पुगेका नेपाली नागरिकले चैत ११ गतेभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर चैत १८ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय २ हप्तामा लिन्छु: ट्रम्प
-
फिल्म 'खाली सिसी नयाँ कागज'मा विदेश मोह र पीडा
-
राहत केन्द्रनजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु
-
१६ अर्ब पासवर्ड र लगइन डाटा चुहावट, अहिलेसम्मकै सबैभन्दा ठूलो डाटा चोरी
-
एसीमा बढी समय बस्ने व्यक्तिलाई हुन सक्छन् यस्ता स्वास्थ्य समस्या
-
छोराको बिहे सर्नुलाई नेतन्याहुले ‘युद्धको मूल्य’ भनेपछि भड्किए इजरायली