डुबेका कम्पनीले पनि आईपीओ जारी गरिरहेकाले ९० नेथवर्कको निर्देशन दिएको हो : सभापति पोखरेल
काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डुबेका कम्पनीले पनि आईपीओ जारी गरिरहेकाले ९० नेथवर्कको निर्देशन दिएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघले आयोजनाको विषयक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले पछिल्लो समय डुबेका कम्पनीले पनि शेयर जारी गर्ने गरेकोले रोक्नको लागी ९० नेथवर्कको तल भएका कम्पनीको शेयर जारी गर्न रोक लगाएको बताए। उनले निजी क्षेत्रलाई प्रवर्द्धन गर्नको लागि लेखा समितिले सहयोग गर्ने बताए। लेखा समितिको जलविद्युतको आईपीओ रोकिएको विषयमा बाद विवाद भन्दापनि समाधान गर्न लाग्नु पर्ने बताएका हुन्।
सार्वजनिक लेखा समितिले निर्णय गरेको विषयमा पुनः छलफल गरी समाधान गर्न सकिने बताए। ‘व्यवसायीहरूले सार्वजनिक लेखा समितिले गरेको निर्णयको विषयमा छलफल गर्नु पर्नेमा देखाइदिनको लागि आर्थिक समितिमा पुगेको देखिन्छ,’ सभापति पोखरेलले भने,‘समितिमा निवेदन दिएपछि छलफल गर्नुपर्छ।’
डुबेका कम्पनीले पनि आईपीओ जारी गरिरहेको अवस्था रहेको बताए। उनले सबै कम्पनीलाई एउटै डालोमा हाल्न नमिले पनि विभिन्न ट्रेन्डकै अध्ययनगरी निर्णय गरेको हो।
उनले समितिले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भनी निर्णय गरेको बताए। ‘हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भनी निर्णय गरेका हौँ,’ पोखरेलले भने,‘स्थानीयलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो वा नाफाको प्रतिशत बाँडेको स्पष्ट हुनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण