भारतीय बजारमा छिर्ने तयारीमा छन् मस्क ?
नयाँ दिल्ली । लामो समयदेखि अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला भारतमा छिर्ने तयारी गरिरहेको थियो । तर हरेक पटक कुरा बिग्रिन्थ्यो । अब भने उनी भारत छिर्न लागेका हुन् कि भन्ने संकेत मिलेको छ । टेस्लाले लिंक्डइन एकाउन्टमा भारतका लागि १३ पदमा कर्मचारी मागेको छ ।
हालैको अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मस्कबिच भेटघाट भएको थियो । त्यसपछि टेस्लाले आधिकारिक रूपमा कर्मचारी भर्ती सुरु गरेको हो । बिजनेश टुडेमा छापिएको खबरका अनुसार टेस्लाले अर्डर अपरेशन विशेषज्ञ, सर्भिस टेक्निसयन, कस्टरम सपोर्ट स्पेशलिष्ट, बिजनेश अपरेशन्स एनालिष्ट, सर्भिस म्यानेजर, स्टोर म्यानेजर आदि पदपूर्तिका लागि कर्मचारी मागेको छ ।
तर भारतमा टेस्लाको कारखाना खोल्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । कम्पनीले जागिर खुलाएपछि भने छिटै भारत छिर्न सक्ने अनुमान बढेको छ । भारत प्रवेशमा टेस्लाको लागि सबैभन्दा ठुलो बाधा विदेशमा उत्पादित कारमा लगाइएको भारी आयात शुल्क हो । यस विषयमा धेरै पटक कुरा उठेर पनि बिग्रिएका थिए ।
भारत सरकारले यसका लागि एउटा ठुलो कदम पनि चालेको छ, जसअन्तर्गत ४० हजार डलरभन्दा बढी मूल्यका उच्चस्तरीय कारहरूमा आधारभूत भन्सार शुल्क अब ११० प्रतिशतबाट घटाएर ७० प्रतिशतमा झारिएको छ । यो कदम टेस्लाको प्रवेशको लागि पनि सजिलो साबित भइरहेको देखिन्छ । सरकारको नयाँ नीति अनुसार स्थानीय उत्पादनमा कम्तीमा ₹ ४१ अर्ब ५० करोड (५० करोड डलर) लगानी गर्न प्रतिबद्ध विद्युतीय सवारी साधन निर्माताका लागि आयात शुल्क घटाउने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण